६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

कैलालीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

फाइल तस्बिर

कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ।

किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरुलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ।

धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे।  

उनले भने,'हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ ।' केही दिनदेखि बादल लागेर पानी पर्ने जस्तो मौसम देखिन थालेपछि लगानी र परिश्रम  खेर जाने हो की भन्दै यहाँका अधिकांश किसानका मनमा एक किसिमको चिन्ता हुन थालेको छ।

खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्राउनका लागि थ्रिसेरको पालो कुर्नुपरेको दुखेसो पोखे। धान थ्रिसेर गर्नका लागि पालो पर्खदासमेत धान थ्रिसेर गर्ने किसानको चापका कारण मेसिन नपाएरै फर्कनु परेको उनले बताए।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्रयाउने गरेका किसानसमेत यतिबेला मौषमी गड्बडीका कारण आधुनिक उपकरण प्रयोग गरि धान भित्रयाउन लागि परेका छन्।

किसानहरु पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्रयाउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन। नेपालीहरुको महान चाड बडादसैँ सुरु भइसकेको छ । दसैँको टीकाको दिन आउन तीन दिन मात्रै बाँकी छ।

तैपनि यहाँका किसान मौषममा गडबडी देखिन थालेपछि दशैँलाई व्यवास्था गर्दे उनीहरु खेतमा पाकेको धानबाली भित्र्याउँन आ–आफ्ना खेतमा साना देखि  ठूला घरपरिवारका सबै सदस्यहरु जुटेको पाइन्छन्। केही थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइसका छन।  किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन्।  

प्रकाशित: २३ आश्विन २०८१ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App