३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बाँके मोटरसाईकल दुर्घटनाका घाइते एकजनाको उपचारको क्रममा मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थप एकजनाको मृत्यु भएको छ।

बुधवार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा मोटरसाईकल दुर्घटना हुँदा बर्दिया घर भई बैजापुरमा बस्दै आएका ३८ वर्षिय अजय चौधरीको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि दुर्घटनामा दुर्घटनामा परी भे १२ प ३१९५ नम्बरका चालक राप्ती सोनारी–४ निवासी ३७ वर्षिय रामशरण थारु र भे १२ प ४८२८ का चालक राप्ती सोनारी–३ का १७ वर्षिय बसन्त थारुको बुधवार नै मृत्यु भएको थियो।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए।

तीव्र गतिमा रहेका मोटरसाईकल बुधबार बेलुका करिव ५ बजेतिर राप्ती सोनारी–४ स्थित लठ्ठापुरमा ठोक्किएका थिए।

दुर्घटनामा परी घाइते भएका संगिन थारु र संजय थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक रामशरण र अजय नेपाल राष्ट्रिय माध्यामिक विद्यालय धामपुर बैजापुरमा कार्यरत शिक्षक रहेको बताइएको छ। 

प्रकाशित: ३ आश्विन २०८१ ०९:०४ बिहीबार