१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रकृतिको ह्यान्ड्सराइटिङ्ग विश्वकै सर्वोत्कृष्ट

भनिन्छ एक राम्रो विद्यार्थी हुनका लागि बलियो स्मरणशक्तिका साथै लेखाई (ह्यान्ड्सराइटिङ्ग) पनि राम्रो हुनुपर्छ। नेपालकी प्रकृति मल्ल तीनैमध्येको एक हुन्।

प्रकृतिको ह्यान्ड्सराइटिङ्गलाई विश्वकै सबैभन्दा उत्कृष्ट लेखाईका लागि छनौट गरिएको छ।

सन् २०१६ मा कक्षा ८ अध्ययनरत रहेकै बेला उनी विश्वको सबैभन्दा उत्कृष्ट लेखाईका लागि प्रसिद्ध भएकी थिइन्।

अद्भुत लेखाईका कारण उनलाई नेपाल सरकार र सेनाले पुरस्कृत पनि गरिसकेको छ।

प्रकृतिको लेखाई कम्प्युटराइज्ड हो वा हातले लेखेको हो भनेर छुट्याउन निकै मुश्किल हुन्छ। उनको लेखाईको चर्चा बेलाबेला भइरहन्छ।

२२ वर्षीया प्रकृतिको लेखाइलाई नेपालस्थित दुवई राजदूतावासले उत्कृष्ट लेखाईका लागि अवार्ड दिएको थियो।

प्रकाशित: २४ भाद्र २०८१ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App