३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

चौपाया छाड्नेलाई २० हजार जरिवाना

फाइल तस्वीर

पालिकाले गौशाला निर्माण गरी छाडा चौपायाको व्यवस्थापन गर्दा पनि संख्या नघटेपछि कपिलवस्तुको शिवराज नगरपालिकाले चौपाया छाड्नेलाई २० हजार रूपैयाँ जरिवाना लिने घोषणा गरेको छ।

छाडा चौपायाका लागि कडा नीति अवलम्बन गर्दै मेयर अजय थापाले नगरभित्रका कुनै व्यक्तिले आफ्ना पशु चौपाया छाडेको खण्डमा २० हजार जरिवाना तिराउने घोषणा गरेको जनाएका छन्। आफ्नो फेसबुक पेज उनले नगरपालिकाभित्रका सडकमा कुनै पनि व्यक्तिले आफ्ना पशु चौपाया छाडेको पाइएमा २० हजार रूपैयाँ जरिवाना गर्ने जनाएका छन्।

यस्तै पशु चौपाया सडकमा छाडेको सूचना र प्रमाण दिने व्यक्तिलाई पनि नगद १० हजार पुरस्कार दिने घोषणासमेत गरेका छन्। सूचना दिने व्यक्तिको परिचय गोप्य राख्ने मेयर थापाले बताए। छाडा चौपायाले कृषकहरू समस्यामा पर्नुका साथै दुर्घटनासमेत बढेपछि कडा नीति अवलम्बन गर्नुपरेको बताए। उनले राजमार्ग तथा भित्री सडकमा समेत चौपाया नछाड्न आग्रह गरेका छन्।

छाडा चौपाया व्यवस्थापनका लागि जिल्लाका १० पालिका, प्रदेश सरकार र प्रधानमन्त्रीसमेतलाई भेटेर संयुक्त ध्यानाकर्षण गराउँदासमेत वनको स्वीकृति नपाउँदा समस्या समाधान हुन नसेको बताए।  

प्रकाशित: १ आश्विन २०८१ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App