१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालकको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका-३ शान्तिचोकमा आज बिहान २स्१० बजेसमयमा वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुर तर्फ आईरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट गई रहेको बागमती प्रदेश ०६-००३प ४८५१ नम्बरको मो।सा।एक आपसमा ठोक्क्दिा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा रत्ननगर नगपालिकाका-१५ का ३४ वर्षीय जीवन मग्राती रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भीर घाईते भएका मग्रातीको बकुलर अस्पताल टांडीमा उपचारको क्रममा २स्४२ बजेको समयमा मृत्यु भएको हो। कन्टेनर र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रकाशित: २४ भाद्र २०८१ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App