१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

महिलाको हत्या आरोपमा बसुन्धाराबाट दुई पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सिरहा घर भई हाल काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी एक महिलाको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरी र सर्लाहीको बसगरिया गाउँपालिका–५ घर भई हाल काठमाडौं-३ बसुन्धारा बस्ने २४ वर्षीय सन्तोषराम महरा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

यही भदौ २० गते गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुङ्गाको चेपभित्र महिलाको शव भेटिएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानकै क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो। रामविनय र सन्तोषरामलाई शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो। मृतक महिलाका आफन्तहरु अहिलेसम्म सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८१ २०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App