३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

आइसीसी क्रिकेट विश्वकप लिग-२ : क्यानडासंंग नेपाल पराजित

त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली क्यानडासंग नेपाल पराजित भएको छ ।

नेपाल क्यानडासंग १ सय ३ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो ।  

यस अघि क्यानाडाको ओनटेरी स्थित नर्थ वेस्ट ग्रोउण्ड किंग्स सिटमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेर घरेलु टिमलाई पहिला व्याटिङ निमन्त्रणा दिएपछि क्यानडाले निर्धारीत ५० ओभरमा  ८ विकेटको क्षतिमा २५३ रन बनाएको थियो ।

जवाफमा नेपालले  ४०.१ ओभरमा सबै विकेट गुमाएर  मात्र १ सय ५० रन जोड्न सक्यो ।क्यानडासँग ओडिआई इतिहासमा  नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि भएका तिन खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

क्यानडाका लागि सबैभन्दा वढि कप्तान निकोलस किर्टनले आउट नभई ४४ बलमा ६ छक्का र ३ चौक्कासंगै ७३ रनको योगदान दिए । त्यसैगरी नवनीत धालिवाल ४८ , डिलोन हेलिगरले ३०  र हर्ष ठाकर २७ रन बनाए ।  

नेपालका लागि सोमपाल कामी र ललित राजवंशी समान दुई  विकेट लिए । कप्तान रोहित पौडेल सन्दीप लामिछाने र गुलसन झाले समान एक विकेट लिए ।  

जितको लागि २५४ रन पछ्याएको  नेपालका लागि सबैभन्दा वढि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रन बनाए । ओपनर आसिफ शेख २० रन बनाउँदै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने  कप्तान रोहित पौडेलले पनि ५ रन मात्र बनाउन सके  । यि चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका हुन ।

आइसीसी क्रिकेट विश्वकप लिग २ मा सहभागी  ८ राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।

नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ ।नेपालविरुद्धको  जितपछि  क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित: १ आश्विन २०८१ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App