३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछः उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छिन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन । उनले खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन । उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताइन ।

उपसभामुख रानाले महिला, बालबालिकाहरूका लागि सरकारले छुट्टाएको बजेट कम रहेको भन्दै आपत्ति जनाइन । उनले कानुन बनाएर मात्रै नहुने भन्दै बनाएका कानुनहरूको कार्यान्वयन गर्न जोड दिइन  । 

प्रकाशित: २२ भाद्र २०८१ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App