३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका- ४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ। सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ।

घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए। 

बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो।  

मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

शुक्रबार बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको उनले जानकारी दिए।

प्रकाशित: २१ भाद्र २०८१ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App