१६ भाद्र २०८३ मंगलबार
image/svg+xml

जलवायुजन्य नोक्सानी कोषसँग सहयोग माग

नेपाल सरकारका तर्फबाट अर्थ र कृषिमन्त्रीले संयुक्त रूपमा जलवायुजन्य हानि तथा नोक्सानी कोषका सहअध्यक्षहरूलाई पत्र लेखेर भोटेकोसी र त्रिशूलीको बाढीबाट भएको क्षतिसँग जुध्न सहयोगसम्बन्धी विशेष निर्णय तत्काल गर्न आग्रह गरिएको छ।

अमेरिकामा बाढीको कहर : एक मृतकको पहिचान, बेपत्ताको खोजी हुँदै

भारी वर्षापछि आएको बाढीले ग्रान्ड क्यान्यनका पदमार्ग, फुटब्रिज र पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समेत ठूलो क्षति पुर्‍याएको छ। दुर्गम क्षेत्रमा फसेका पदयात्रीको खोजी तथा उद्धार कार्य जारी छ।

उद्धारमा ढिलाइबारे सरकारसँग गुनासो गरेका प्राविधिक प्रणय मगरको पोस्ट गायब

रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा फसेकाहरूको उद्धारमा खटिएका प्राविधिक प्रणय मगरले उद्धार कार्यमा ढिलाइ भएको भन्दै सरकारसँग गुनासो गरेको फेसबुक पोस्ट हटाइएको छ।

बेन शेल्टनको शानदार पुनरागमन, पहिलो चरण पार

अमेरिकी खेलाडी बेन शेल्टनले यूएस ओपनको पहिलो चरणमा उत्कृष्ट पुनरागमन गर्दै नेदरल्यान्ड्सका टालोन ग्रिकस्पोरलाई पराजित गरेका छन्।

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ।

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ।

रसुवाका बाढीपीडितका लागि जुम्लामा पनि जुट्यो आर्थिक सहयोग

रसुवा जिल्लामा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि जुम्लाबाट आर्थिक सहयोग गरिएको छ।

विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालमा पटक–पटक दोहोरिइरहेका बाढी, पहिरो, भूकम्पलगायतका विपद्लाई ध्यानमा राख्दै विकासको ढाँचा नै पुनर्विचार गर्नुपर्ने बताएकी छन्।

विपद्‍मा संसद्को ढोका बन्द

संसदीय मामलाका विज्ञहरू संसद् बन्द हुँदा पीडितको पीडा राष्ट्रिय बहसको अजेन्डा बन्न नसक्ने र सत्ता–प्रतिपक्षले एकसाथ उभिएर राष्ट्रिय एकताको सन्देश दिने अवसर गुम्ने बताउँछन्।

कामको बोझबाट बच्न बेपत्ता व्यक्तिको खोजी बिचमै रोक्ने प्रहरी : चार जना जिम्मेवारीबाट हटाइए

ती अधिकारीमाथि यसअघि अर्को बेपत्ता व्यक्तिको खोजी पनि समयअघि रोकेको आरोप लागेको थियो। ती ६० वर्ष आसपासका पुरुष पछि मृत अवस्थामा फेला परेका थिए।

पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै

रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी हालसम्म पहिचान हुन नसकेका शव कानुनी प्रक्रियाअनुसार जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

बाढीबाट प्रभावित बालबालिकाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल

राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा उद्धार गरिएका बालबालिकाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल गरेको छ।

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।

२५ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सम्भावना

आज देशका विभिन्न २५ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्