३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवनमा डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिए।

उनका अनुसार बिरामीमा कडा खालको डेङ्गी सङ्क्रमण देखिएको थियो। शरीरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गले काम गर्न छोडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो।

यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय वृद्धको डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार तीन सय ३१ जनाको परीक्षण गर्दा सात सय ८८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ।

सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र बाँकी अन्य जिल्लाका छन्।

प्रकाशित: १९ भाद्र २०८१ १९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App