३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

धोबिखोलामा खसेको ट्याक्सी भेटियो, चालक सकुशल

फाइल तस्बिर।

आइतबार साँझ अनामनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ। ट्याक्सीमा चालक मात्रै सवार थिए। उनको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

ट्याक्सी साँझ करिब ८ बजेतिर धोबिखोलामा खसेको थियो। प्रहरीका अनुसार हनुमानस्थान भाटभटेनी नजिकैबाट चालकलाई उद्धार गरिएको हो।

ट्याक्सी खोलाले बगाएर सूर्यकार्पेट नजिकै करिडोरको थापाथली–बानेश्वर जोड्ने पुलमुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

प्रकाशित: ३० भाद्र २०८१ २१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App