३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

उदिपुरमा पहिरो खस्दा डुम्रे–बेंसीसहर सडक अवरुद्ध

तस्बिर: रेखा श्रेष्ठ/लमजुङ

अविरल वर्षापछि पहिरो जाँदा डुम्रे– बेंसीसहर सडक अवरुद्ध भएको छ।

आइतबार साँझ यस सडकअन्तर्गत बेंसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको जानकारी दिए।

सोही स्थानमा रहेको उदिपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुङ्गा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेको उनको भनाइ छ।

यात्रु तथा बेंसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको सुनाए। “पानी परिरहेको छ, पहिरो गएको स्थान पनि जोखिमपूर्ण स्थानमा रहेकाले यात्रुहरू थप समस्यामा छौं”, उनले भने।

यस सडक हुँदै बेंसीसहरबाट तनहुँ, काठमाडौं, पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ।

प्रकाशित: ३० भाद्र २०८१ २१:०३ आइतबार