३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटना र खोलाले बगाएर मकवानपुरमा २ को मृत्यु

मकवानपुरमा सवारी दुर्घटना र खोलाले बगाएर गरी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको १९ नम्बर वडा नेवारपानीमा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा ९ का २५ वर्षीय अभिषेक सुवेदी रहेका छन् । नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड गरेर जाँदै गरेको बा.प्र.०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरितर्फ जाँदै गरेको बा.प्र.०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुवेदीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीले ट्रक र ट्रक चालक दाङको गडुवा गाउँपालिका २ का २३ वर्षीय चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ। 

यस्तै मकवानपुरको बकैया गाउँपालिका ६ जस्पलका ४२ वर्षीया नानीमाया तितुङको खोलाले बगाएर मृत्यु भएको हो। बाराको निजगढ १० लालस्थित पसलबाट घर फर्किने क्रममा उनलाई कैलेनी खोलाले बगाएको हो ।

खोलाले बगाएर बेपत्ता भएकी उनको खोजतलासको क्रममा बाराको कोल्वीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तितुङको आफन्तले शवको सनाखत गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए । 

प्रकाशित: १७ भाद्र २०८१ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App