२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आमा बन्दै अभिनेत्री नन्दिता

अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छिन्।

इन्स्टाग्राम मार्फत श्रीमानसँगको तस्बिर सेयर गर्दै उनले आफू आमा बन्न लागेको जनाएकी हुन्।

उनले लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान। सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु। भगवान्को आशीर्वाद र माता–पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौँ।’

उनले लगाएको टिसर्टमा ‘सून टू वी ममी’ लेखिएको छ, श्रीमान् ९अरविन्द्र कटवाल०ले लगाएको टिसर्टमा ‘सुन टु वि ड्याडी’ लेखिएको छ।

गत वर्ष फागुन १९ गते उनले अरविन्द्र नामका युवकसँग विवाह गरेकी थिइन्। नन्दिताले ‘हामी तीन भाइ’, ‘भगवान सबैको’, ‘सपना’, ‘माया नगर’ लगायत दुई दर्जन बढी फिल्म अभिनय गरेकी छन्।

प्रकाशित: ३० भाद्र २०८१ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App