सहकारी पीडितहरूले गरेको आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको छ।
आइतबार रत्नपार्कस्थित शान्तिवाटिकाबाट सिंहदरबारतर्फ अघि बढेको सहकारी पीडितको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो।
सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा रोकेको थियो। पीडितहरू अघि बढ्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको छ।
लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन्।
प्रकाशित: १६ भाद्र २०८१ १७:२० आइतबार