२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘महिला नै पहिला’ भन्दै अनुपम यात्रा!

अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियानको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विभिन्न समय र स्थानमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। यसैबिच शनिबार स्थानीय सरोकारवालाको सहकार्यमा अभियान ‘अनुपम यात्रा’ दाङमा पनि सञ्चालन भएको छ।

जिल्लास्थित घोराही उपमहानगरका उपप्रमुख हुमा डिसीको मुख्य आतिथ्यता र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका कल्पना न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम अघि घोराहीमा पञ्चेबाजासहित र्‍याली निकालिएको थियो।

आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यअनुसार सुरु भएको कार्यक्रममा अधिकारकर्मीले आफ्नो धारणा  राखेका थिए।

२०८० सालदेखि सुरु यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ। खास गरी यो अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पुर्‍याउने लक्ष्य लिएको छ। जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहनेछ।

राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो। महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरी हरेक जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै विभिन्न स्थानीय तहका वडासम्म पुग्ने गरी अभियान अगाडि बढाइएको हो।

महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरूपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको छ। जसकारण महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बन्न सकेको छैन। त्यसलाई अन्त्य गर्दै राज्यका सबै तहमा महिलाको समतामूलक र प्रतिनिधि सहभागिता अनिवार्य बनाउने र आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य हो।

प्रकाशित: १६ भाद्र २०८१ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App