२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

रथयात्रामा हजारौं भक्तजन सहभागी (फोटो फिचर)

विराटनगरमा राधाकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा निकाल्ने गरिएको हो ।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएको राधाकृष्णको युगल जोडीको रथयात्रा विराटनगर नगर परिक्रममा गरी सम्पन्न भएको छ । रथले विराटनगरको तीन पैनी, मेन रोड, ट्राफिक चोक, रोड शेष चोक, महेन्द्र चोक, बरगाछी चोक हुँदै पुनः मन्दिरमा आएर सम्पन्न भयो । रथले नगरको ९ किलोमिटर यात्रा तय गरेको बताइएको छ ।

वि.सं. १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो । ‘खट यात्रा’ सुरु भएको ९३ औं वर्ष हो भने रथयात्राले ५६ औं संस्करण पूरा गरेको छ । यो रथयात्रा नेपालको सबैभन्दा ठुलो र पुरानो भएकोले पनि यसको छुट्टै महत्व रहेको रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । उनले सबैभन्दा ठुलो भारतको जगनाथ पुरीको रथयात्रापछि दोस्रो ठुलो रथयात्रा विराटनगरको रहेको बताएका छन् ।

राधाकृष्ण सवार  रथलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा विश्राम गर्ने व्यवस्था मिलाइएको थियो । पछिल्लो समय सुनसरी, झापालगायत मोरङका विभिन्न स्थानमा पनि रथयात्रा निकाल्न थालेपछि विराटनगरको रथयात्रामा भक्तजनको उपस्थिति कम हुँदै गएको छ । तथापि, भारतको विहार र पश्चिम बङ्गालबाट रथको दर्शन गर्न आउने गरेका छन् । 

प्रकाशित: ११ भाद्र २०८१ २१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App