२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मंगलबार विराटनगरमा रथ यात्रा, प्रदेशभर सार्वजनिक बिदा

हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट  विराटनगरमा आयोजना हुने रथ यात्रालाई लक्षित गरी कोसी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

भारतको जगन्नाथ पुरी पछि विराटनगरमा आयोजना हुने एसियाकै दोस्रो ठुलो दाबी गरिएको रथ यात्रालाई लक्षित गरी कोसी प्रदेशभर सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो । 

विराटनगरमा हरेक वर्ष हर्ष उल्लासका साथ आयोजना हुने राधाकृष्णको युगल जोडी सवार रथयात्रामा नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतका विभिन्न जिल्लाबाट हजारौँ भक्तजनहरू सहभागी हुने गरेका छन् । यसैबिच रथयात्रा आयोजक समितिले मंगलबार विराटनगरमा निकालिने रथ यात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

 विराटनगर महानगरपालिका–१ तीनपैनी स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो साँढे ३ बजे मन्दिरबाट निस्कने आयोजक समितिले जनाएको छ । रथले मेन रोड, ट्राफिक चोक, रोडशेस चोक, महेन्द्र चोक, वरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर यात्रा सामापन हुने छ । रथले ६ घण्टाको समयमा ९ किलोमिटर लामो दूरी पार गर्ने जनाइएको छ । रथयात्राका क्रममा रथलाई ४३ स्थानमा विश्राम पनि दिइने छ ।

 रथ यात्रामा विभिन्न जातजाति, भेसभुसा, संस्कृतिको पहिचान झल्कने ६० वटा भन्दा बढी झाँकीहरू सहभागी हुने आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।  उनका अनुसार रथ यात्राका लागि आवश्यक सुरक्षा व्यवस्थासहित  सबै तयारी पूरा भइसकेको छ । 

प्रकाशित: १० भाद्र २०८१ २१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App