२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

सकियो गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा

महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छिन्।

भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन आइतवार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन्।

परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन्। 'संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ। त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ', उनले भनिन्।

झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई  कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेकी थिइन्। रासस

प्रकाशित: १० भाद्र २०८१ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App