२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

पत्रकार महासंघको निर्वाचन असोज १२ का लागि प्रस्ताव

नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ । 

यही असोज ५ गतेका लागि तय निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो । 

कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन असोज १२ गते शनिबार गर्ने गरी सम्पूर्ण तयारी गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिएका हुन् ।  

महासंघले शुक्रबार नै सम्पूर्ण मतदाताको नामावलीसमेत निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । 

मतदाता सूची शनिबारका सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको कार्यवाहक अध्यक्ष विष्टले जनाएका छन् । 

प्रकाशित: २८ भाद्र २०८१ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App