२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

भैरहवामा नक्कली छोरी बनेर करोडौँको सम्पत्ति हडप्ने प्रयास

आफ्नो जग्गाको लालपुर्जा देखाउँदै पीडित लालजित र सन्त। तस्बिर/नागरिक

नक्कली छोरी बनेर आफ्ना बाउ बाजेको सम्पत्ति हडप्ने प्रयास गरेको भन्दै भैरहवाका दुई दाजुभाइले न्यायका लागि आग्रह गरेका छन् । सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीका ४६ वर्षका लालजित मल्लाह र ४२  वर्षका सन्त मल्लाहले निसन्तान रहेका आफ्ना दिवंगत काकाको सम्पत्ति हड्प्न दुई भारतीय महिलाले नक्कली छोरी बनेर अंश दाबी गरेको बताएका हुन ।

भैरहवामा पत्रकार सम्मेलन गरी मल्लाह दाजुभाइले आफ्ना काका–काकी निसन्तान रहेको र उनीहरूको मृत्यु पश्चात् सम्पत्ति हडप्न नक्कली छोरी बनेर दुख दिइरहेको दाबी गरे । स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी र प्रशासककै मिलेमतोमा नक्कली छोरी कायम गरिएको आरोप उनीहरूको छ ।

आफ्ना काका सुखु मल्लाहको  २०७८ असार १७ र काकी कवुतरी मल्लाहको २०७७ माघ १० मृत्यु भएको मल्लाह दाजुभाइले बताए । काका सुखु र काकी कवुतरीका कोखबाट सन्तान नभएकाले काका काकीको स्याहार सुसार आफूहरूले गरेको दाबी उनीहरूको छ । आफ्ना बाबुआमा र काका काकीको मृत्यु भएपछि सगोलमा रहेको सम्पत्ति लिन मल्लाह दाजुभाइले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

२०७८ कार्तिक १५ गते तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले बुवा फौदार मल्लाह र काका सुखुको नाममा रहेको जमिन  दुई भाइ लालजित र सन्तको नाममा जाने फैसला गरेको थियो । अदालतको  फैसला पछि अंशबन्डा गरेर  दुई भाइको नाममा सम्पत्ति नामसारी गरेको  लालजितले बताए । जिल्ला अदालतको सो फैसला बुवा फौदार र काका सुखुको २०५६/०५/२२ को बन्डा मुचुल्काका आधारमा गरिएको थियो । सो मुचुल्कामा काका सुखु र काकी कवुतरी मल्लाहको सन्तान नभएको उल्लेख छ । जिल्ला अदालतले सोही मुचुल्काको आधारमा सम्पत्तिको हक कायम गरिदिएको देखिन्छ ।

तर  २०७८ फागुन १० मा एकाएक रिखीदेवी अग्रवाल र मालती मल्लाहले आफूहरू सुखु र कवुतरीको छोरी भएको दाबी गर्दे जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरे । त्यसयता मल्लाह दाजुभाइ न्यायका लागि स्थानीय तह,प्रशासन,अड्डा अदालत धाइरहेका छन् । निसन्तान दम्पतीको मृत्यु भएको झन्डै ८ महिना पछि आफूहरू छोरी भएको भन्दै अंश दाबी गरेका दुवै जना भारतीय आमाबुवाका सन्तान भए पनि स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी र तत्कालीन प्रमुख जिल्ला अधिकारीकै मिलेमतोमा नक्कली छोरी कायम गरिएको लालजितले बताए ।

लालजित र सन्तको नाममा सिद्धार्थनगर नगरपालिका,ओमसतिया र सियारीमा गरी १८ कठ्ठा जमिन छ । साढे दुई करोड बढीको सो जमिन हडप्न चलखेल गरिएको उनीहरूको दाबी छ ।

 मल्लाह दाजुभाइको दाबी अनुसार सुखुको नक्कली छोरी बनेका रिखीदेवी र मालती भारतको बस्ती जिल्ला मेहदावलका बदल मल्लाहका छोरी हुन । नेपाली नागरिक सँग विवाह गरेर आएका उनीहरुले जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा बुवाको नाममा सुखु मल्लाहको नाम राखेर श्रीमानबाट सनाखत गराइ वंशजको आधारमा नागरिकता निकालेको पछिल्लो सर्जमिन मुचुल्कामा छ ।

रिखी र मालतीकी नातामा दिदी पर्ने नन्दनीको विवाह सुखुकै नजिकको नातेदारको छोरासँग भएको थियो । नन्दनी मार्फत सुखुको सन्तान नभएको जानकारी पाएका  रिखी र मालतीले चलाखी गरी पिताको नाममा सुखुको नाम राखेको र जनप्रतिनिधि र कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी वंशजको नागरिकता निकाल्न सफल भएको दाबी लालजित र सन्तको छ । त्यसो सुखुको मृत्यु अघि उनीहरुले कहीँ कतै अंश दाबी गरेको देखिँदैन ।

तर सुखुको मृत्यु लगत्तै अंश दाबी गर्दै रिखी र मालती अदालत पुगे । अदालतले सुखुको मृत्यु दर्ता मागेपछि उनीहरु सिद्धार्थनगर नगरपालिका ६ को वडा कार्यालय पुगे । वडाले मृत्यु दर्ता प्रमाणपत्र दिएन । त्यसका विरुद्ध उनीहरु उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा हाले । सो मुददामा सुखुको छोरी प्रमाणित गर्न नसकेपछि २०७८ को माघमा अदालतले नगरपालिका र वडा विरुद्ध परेको रिट निवेदन खारेज गरिदियो ।

निवेदन खारेज भएपछि रिखी र मालतीले वडा नं. ६ का सचिव विनोद कर्णलाइ आर्थिक प्रलोभनमा पारेर मृत्यु दर्ता प्रमाणपत्र लिएको आरोप मल्लाह दाजुभाइको छ । त्यसपछि रिखीदेवी र मालतीले २०७८ को पुसमा जिल्ला अदालतमा लालजित र सन्त विरुद्ध फेरी मुद्दा दायर गरे ।

निसन्तान काकाको सम्पत्ति हडप्न नक्कली छोरी बनेर मुद्दा दिएपछि लालजित र सन्तले नागरिकता छानबिनका लागि प्रशासनमा निवेदन दिए । प्रशासनले छानबिनका लागि भन्दै रिखी र मालतीको नागरिकता झिकायो । तर तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको तजबिजीमा छानबिन नै नगरी नागरिकता फिर्ता गरिदिएको आरोप मल्लाह दाजुभाइको छ ।

जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा फरक वडाबाट सर्जमिन गरिएको दाबी मल्लाह दाजुभाइको छ । ‘सर्जमिन ६ नम्बरमा गर्नुपर्थ्यो तर ८ का वडाध्यक्ष राजनजंग राणाले आर्थिक प्रलोभनमा परेर रिखीदेवी र मालती सुखुका छोरी हुन भनेर सर्जमिन गरिदिए’ लालजितले भने । फरक वडाबाट गरिएको सर्जमिनकै आधारमा अदालतले २०८० को भदौमा रिंकीदवी र मालतीको पक्षमा फैसला गरिदिएको गुनासो उनीहरूको छ ।

जिल्ला अदालतले रिंकीदेवी र मालतीका पक्षमा फैसला गरेपछि मल्लाह दाजुभाइले  उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेका छन् ।त्यसो मालतीको नागरिकतामा उनको उमेर बाबु दाबी गरिएका सुुखुको भन्दा जम्मा ६ बर्षले कान्छी देखिएको छ । त्यही झुट पक्रिने  डरले अहिले रिखीदेवीले मालती सुखुको छोरी होइनन्, आफू मात्रै हुँ भनेर अदालतमा अर्को निवेदन दिएकी छन् ।

 ‘बाबु छोरीको उमेर जम्मा ६ वर्षको फरक हुन्छ भन्ने कुरा अदालतले कसरी पत्यायो ? फरक ठाउँबाट सर्जमिन किन गरियो ? नागरिकता छानबिन किन गरिएन ?’ मेयर,वडाध्यक्ष,कर्मचारी र प्रशासकको मिलेमतो बिना यस्ता काम गर्न सकिँदैन,त्यसैले यसबारे निष्पक्ष छानबिन होस, डिएनए परीक्षण गरीयोस’ पत्रकार सम्मेलनमा सन्तले भने।

 सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खानले यो प्रकरणमा आफ्नो नाम समेत जोडेर गलत हल्ला चलाइएको बताए । सुरु देखि नै जनताको सेवकको रुपमा न्यायसङ्गत ढङ्गबाट काम गरिरहेको भन्दै उनले  नगर बासीको हितका लागि काम गर्ने बताए । तत्कालीन समयमा आफ्नो नगरका स्थानीय बासिन्दा समूहमा आएर न्याय गरिदिन भन्दै दिनहुँ आग्रह गर्न थालेपछि पदीय दायित्व जिम्मेवारी अनुरूप प्रमुख जिल्ला अधिकारी समक्ष  सम्बन्धित पक्ष  दोषी भए नभएको छानबिन गरिदिन आग्रह  गरेको तर कसैलाई दोषी वा निर्दोष भनेर किटान गर्ने काम आफ्नो नभएको नगरप्रमुख खानले बताए ।\पछिल्लो समय मल्लाह दाजुभाइले तामेली जगाउन जिल्ला प्रशासनमा निवेदन दिएपछि फेरी अनुसन्धान अगाडी बढेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पीडितले पुनः तमेली जगाउन निवेदन दिएकाले प्रहरी मार्फत सम्बन्धित वडाबाटै सर्जमिन 

 

प्रकाशित: ७ भाद्र २०८१ १८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App