२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मर्स्याङ्दी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइते

मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ।

प्रहरीले बसमा सबै ४३ जना यात्रुको उद्धार गरेपनि २१ जनाको भने मृत्यु भएको उल्लेख गरेको छ । मृतकमध्ये २ जनालाई भने दुर्घटनाग्रस्त उक्त बसले किचेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

उद्धार गरिएका सबै २२ जनामध्ये १२ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । अन्यको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।    

दिउँसो करिब साढे एक बजे भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो । बस पोखराबाट काठमाडौँ आउँदै थियो । प्रहरीले साँझ करिब ५ बजे उद्धार कार्य सकेको जनाएको थियो । 

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए । 

प्रकाशित: ७ भाद्र २०८१ १८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App