२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मर्स्याङ्दी बस दुर्घटना अपडेट : यात्रु सबै ४३ जना भारतीय नागरिक (नामसहित)

मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्ने सबैको नाम खुलेको छ । उनीहरु सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । बसमा ४३ यात्रु सवार थिए ।   

चालक, सहचालक र ४१ यात्रु भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका  एसएसपी रवीन्द्र रेग्मीले बताए ।  

भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो । भारतीय पर्यटक बोकेको उक्त बस पोखराबाट काठमाडौँ आउँदै थियो ।  

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । यात्रु सबैको नाम खुलेपनि मृतकको पहिचान भने हुन सकेको छैन । 

प्रकाशित: ७ भाद्र २०८१ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App