२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँ दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन सरकारसंग आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दुःख व्यक्त गर्दै भनेका छन,– ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरुको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह पनि गरेका छन् । 

प्रकाशित: ७ भाद्र २०८१ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App