२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

हिमपहिरोले मुस्ताङमा खोला थुन्यो, सतर्क रहन किनारबासीलाई प्रशासनको आग्रह

हिमपहिरोपछि मुस्ताङमा रहेको बोक्सी खोला थुनिएको छ ।  

थासाङ गाउँपालिका- २ स्थित कोबाङको बोक्सिखोलामाथि हिमपहिरो झरेर खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।  

पहिरो गएको स्थानबाट कालीगण्डकी नदी करिब साढे २ किलोमिटरको दुरीमा रहेको बताउँदै उनले खोला आसपास रहेका ९ घरलाई भने सुरक्षित रहन सूचना जारी गरिएको जानकारी दिए ।  

प्रजिअ पन्तसहितको टोली अहिले घटनास्थलमै रहेको र पहिरो र पहिरोले थुनेको खोलाबारे अध्ययन जारी राखेको छ । 

प्रकाशित: ७ भाद्र २०८१ १५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App