मर्स्याङ्दी नदीमा दुर्घटनामा परेको बसमा सवार यात्रुको टोली १० दिनका लागि नेपाल आएको खुलेको छ।
भारतको महाराष्ट्रबाट १०४ जनाको टोली १० दिनको भ्रमण तालिकासहित दुई दिनअघि नेपाल प्रवेश गरेको थियो।
यो पनि पढ्नुहोस्
मर्स्याङ्दी बस दुर्घटना: ३१ जनाको उद्धारमहाराष्ट्र प्रान्तको जलगाउँ जिल्लास्थित भुसाल गाउँबाट उक्त टोली तीन बस लिएर आएको थियो। दुई दिन पोखरा घुमेर शुक्रबार तीन वटै बस काठमाडौँका लागि हिँडेका थिए। तीनैमध्येको एक बस मर्स्याङ्दी नदीमा दुर्घटनामा परेको हो।
तीन वटै बसमा अधिकांश परिवार र आफन्तहरू यात्रारत रहेको सशस्त्र प्रहरी बल कुरिनटारका प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए।
यो पनि पढ्नुहोस्
मर्स्याङ्दी बस दुर्घटना अपडेटः १४ जनाको मृत्यु, सनाखत हुन बाँकीप्रकाशित: ७ भाद्र २०८१ १४:१७ शुक्रबार