४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

टिबीका कारण राउटे युवाको मृत्यु

टिबी रोगका कारण राउटे समुदायका एकजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन्।

६ महिना देखि बिरामी भएका उनी प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अन्तिम अवस्थामा प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्दा वृषलाई डाक्टरले सरूवा टिबी देखिएको बताएका थिए। शरिरको भित्रि भागमा धेरै समस्या देखिसकेको भएकाले उपचार हुन नसक्ने अस्पतालले जनाए पछि राउटेबस्ती लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बस्छन्। राउटे यूवाको बुधवार राति मृत्यु भएको हो।

बिरामी भएपछि राउटेले उपचारका लागि अस्पताल आउन दिएनन् धेरै बिरामी भएपछि अन्तिममा अस्पताल ल्याईएको थियो। तर, वृषलाई बचाउन नसकेको राउटेसँग नजिक रहेका परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए।

वृषको मृत्यु पछि राउटेको संख्या १ सय ३४ मा झरेको छ।

बर्सेनि राउटेको खानपानका कारण जनसंख्या घट्दो छ। पछिल्लो वर्षहरुमा सरकारले भत्ता दिएसंगै सानादेखि ठुलासम्म राउटेहरु रक्सीको लतमा फसेका छन्। जसका कारण जन्मभन्दा पनि मृत्युदर बढ्दो छ।

प्रकाशित: ३ आश्विन २०८१ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App