२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङका नीलकण्ठ र बेनिघाट प्रथम (सूचीसहित)

आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणमा नगरपालिका र गाउँपालिकातर्फ धादिङको नीलकण्ठ र बेनिघाट रोराङ प्रथम भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चात सार्वजनिक गरेको प्रतिवेदनमा नगरपालिका र गाउँपालिकामा दुवै धादिङका स्थानीय तहले बाजी मारेका हुन्। नीलकण्ठ नगरपालिकाले ९२.५० र बेनिघाट रोराङ गाउँपालिकाले ८७.२५ अंक प्राप्त गरेका मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकालाई मन्त्रालयले पुरस्कृत गर्दै आएको छ। नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका द्वितीय र तृतीय भई पुरस्कृत भए। यस्तै गाउँपलिकातर्फ गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका उत्कृष्ट तीनभित्र पर्न सफल भए।  

सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको संस्थागत स्वमूल्यांकन सुरु गरेको हो।

यस्तो छ सूची:

 

प्रकाशित: ७ भाद्र २०८१ १३:०७ शुक्रबार

#Ministry of Federal Affairs and General Administration #Local Goverment