११ वैशाख २०८२ बिहीबार
image/svg+xml ४:३ पूर्वाह्न
समाज

यातायात व्यवसायीलाई गृहले भन्यो: यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउनु

गृह मन्त्रालयले यात्रुको पहिचान खुल्ने कागज लिएर मात्र यात्रा गराउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई भनेको छ। 

सिमलताल घटनाको अध्ययन प्रतिवेदन पठाउँदै मन्त्रालयले यात्रुको पहिचान खुल्ने कागजात लिएर यात्रा गर्ने कुरालाई व्यवहारमा उर्तान भनेको हो।

त्योसँगै यात्रुहरूलाई टिकट काटेर यात्रा गराउन, सार्वजनिक सवारी साधनमा सिसिटिभीको व्यवस्था गर्न, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बिमा गराउन, लामो बाटोमा यात्रा गर्ने सवारी साधनमा कम्तीमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्न पनि मन्त्रालयले भनेको छ। 

प्रकाशित: ३१ श्रावण २०८१ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App