२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए।

प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो।

सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो।

प्रकाशित: ३० श्रावण २०८१ ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App