३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

लेखा समितिलाई आवश्यक विवरण मात्र पठाएको छु: निर्देशक घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेखा समितिलाई आवश्यक कागजको विवरण मात्र पठाएको बताएका छन्।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

उनले भने,'सम्बन्धित डकुमेन्ट हामीले पठाएको हो। उहाँहरूले टिओटी मात्र बुझ्नुहुन्न भनेर सम्बन्धित डकुमेन्टहरू पठाएका छौँ। उहाँहरूलाई हेर्न सहज होस भनेर।  अनावश्यक डकुमेन्ट हामीले पठाएका छैनौँ।'

समितिले टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मागेको थियो।

त्यस्तै यसअघि समितिको बैठकले सबै उद्योगीको प्रोफाइलसहितको टीओडी डाटा मागेपछि प्राधिकरणले टीओडी डाटा एक पोका, लोड प्रोफाइलसहितको टीओडी डाटा तीन पोका, लगसिट २४ पोका, मनोज मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन, अदालतको फैसला एक पोका र २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल सम्बन्धी बिल पठाएको थियो।

प्रकाशित: २५ श्रावण २०८१ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App