१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बिहीबार राति ११ बजेदेखि ४ घन्टाका लागि नेपाल टेलिकमका केही सेवाहरु अवरुद्ध हुने

नेपाल टेलिकमले आफ्नो विद्युतीय प्रणालीको स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजे देखि करिब ४ घण्टासम्म आफ्ना केही सेवाहरू अवरुद्ध रहने जानकारी दिएको छ।

टेलिकमका अनुसार यस समयमा, ब्यालेन्स रिचार्ज, प्याकेज खरिद, र क्वेरी सेवाहरू प्रभावित हुनेछन्। यस अवधिमा मोबाइल भ्वाइस, डेटा, एसएमएस, पीएसटीएन/एफटीटीएच, भ्वाइस/डेटा/आईपीटीभी सेवाहरूको सञ्‍चालनमा असुविधा हुने टेलिकमले बताएकाे छ।

कम्पनीले आफ्ना ग्राहकहरूमा पर्ने असुविधा प्रति क्षमायाचना व्यक्त गर्दै ११ बज्नु अगावै आवश्यक पर्ने रिचार्ज तथा प्याकेजहरू खरिद गर्न आग्रह गरेकाे छ।

कम्पनीले यस अवरोधलाई न्यूनीकरण गर्न सम्पूर्ण प्रयास गरिरहेको र सेवाहरू यथाशक्य छिटो पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १७ श्रावण २०८१ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App