२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बस्ती जोगाउन सशस्त्र प्रहरीद्वारा तटबन्धन

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा खोला पस्न लागेपछि सशस्त्र प्रहरीले तटबन्धन गरेको छ। 

मनोहरा खोलाको बाढीले खोला नजिकै रहेका घरहरूमा क्षती पु¥याउन लागेपछि सशस्त्र प्रहरीले घरहरू जोगाउन बुधबार बोरा तथा तारजाली लगाएर तटबन्धन गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गणबाट खटिएको टोलीले तटबन्धन निर्माण गरेको जानकारी दिएको छ।

यस्तै गणबाट टोली भक्तपुरका विभिन्न ठाउँमा बाढी पहिरोबाट क्षतिको न्युनिकरण र उद्धार कार्यमा खटिएको जनाएको छ।

प्रकाशित: २६ असार २०८१ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App