२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सर्पले डस्दा महिलाको मृत्यु

विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलोको शुक्रवार मृत्यु भएको छ।

खेतमा काम गर्नेक्रममा गोमन सर्पले टोक्दा स्थानीय ६५ बर्षिया सुरपाति पासीको मृत्यु भएको हो। सर्पले डसेर घाइेते भएकी उनको ढिलो गरी उद्धार हुँदा मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिंगेका प्रमुख नबिन भण्डारीले बताए।

सर्पले डसेर मृत्यु भई सकेकोपछि बल्ल शुक्रवार साझ साढे ६ बजेतिर उनलाई उपचारका लागि ल्याइएको उनकाे भनाइ छ। समयमै उपचार नहुँदा उनको मृत्यु भएको हाे।

गोरुसिंगेमा उपचार सम्भव नभएपछि तौलिहवा रिफर गरिएको थियो। सर्पको डसाईले सुरपातीको मृत्यु भएपछि शिवराज नगरपालिकाका मेयर अजय थापाले अति बिपन्न परिवारका लागि गोरुसिंगेमा निःशुल्क उपचार हुने आफ्नो फेसबुकमार्फत घोषणा गरेका छन्। 

प्रकाशित: २२ असार २०८१ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App