१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मेलम्चीमा पानीको सतह बढेपछि वडा नम्बर ११ को सडक अवरुद्ध

मेलम्चीमा पानीको सतह बढेपछि मेलम्ची नगरपालिका ११ मा सडक अवरुद्ध बनेको छ।

गयरातिदेखि परेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि बाटो अवरुद्ध बनेको वडा नम्बर ११ का वडा सचिव मधुविलास देवकोटाले बताए।

उनका अनुसार रातिदेखिको वर्षाका कारण मेलम्ची नगरपालिका–११ स्थित फट्टेको सडक अवरुद्ध बनेको हो।

सडक अवरुद्ध भएसँगै मेलम्ची–९ दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायतका स्थानमा  यातायात ठप्प बनेका हुन्।

देवकोटाले बाटो सुचारु गर्ने विषयमा आज छलफल गरेर निर्णय गरिने पनि बताए।

प्रकाशित: १० असार २०८१ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App