२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार

मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएको देखिएपछि उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो। उनीविरूद्ध अन्तशुल्क स्टिकर घोटालासम्बन्धमा पनि छानबिन सकेर मुद्दा दर्ताको लागि अख्तियार अदालत पुगिसकेको छ ।  

अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा भएको विभिन्न सञ्चार उपकरण र छपाईसँग सम्बद्ध घोटाला प्रकरणमा मुछएपछि मुद्दा चलाउने निर्णय गरेको आयोग उच्च स्रोतले जनाएको छ। ‘अर्यालविरुद्ध केही बेरमा मुद्धा दर्ता हुदैछ’, स्रोतले भन्यो।

‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको विषयमा अख्तियारमा उजुरी परेको थियो।

प्रकाशित: ९ असार २०८१ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App