२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

विपद् व्यवस्थापनका लागि माओवादीले तोक्यो सात प्रदेशमा ११ जना सम्पर्क व्यक्ति

नेकपा माओवादी केन्द्रले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ।

विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न भन्दै सत्ता नेतृत्वकर्ता दल माओवादीले केन्द्रीय विपद् व्यवस्थापन विभागका नेताहरूलाई सम्पर्क व्यक्ति तोकेको हो।

माओवादीले कोशी प्रदेशमा नारायण काफ्ले र नारायण तिमिल्सिना, मधेस प्रदेशमा लवकुश बैठा, बागमती प्रदेशमा सुनिलमान शाक्य, गण्डकी प्रदेशमा काजिराम खड्का, लुम्बिनी प्रदेशमा हरिमान पुन र राधा नेपाली, कर्णाली प्रदेशमा भीमबहादुर रोकाय र वीरबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेशमा कमल थापा र बलबहादुर रावललाई सम्पर्क व्यक्ति तय गरेको हो।

बाढी र पहिरोको उच्च जोखिम रहेको र भौगोलिक विकटता बढी भएका प्रदेशमा दुई दुई जना व्यक्तिलाई जिम्मेवारी दिइएको माओवादीको भनाइ छ।

केन्द्रीय कार्यालय बैठकको सिफारिस अनुसार माओवादीको केन्द्रीय विपद् व्यवस्थापन विभागको बैठकले ४ बुँदे निर्देशनसहित सबै प्रदेशमा परिपत्र पनि जारी गरेको छ।

सम्पर्क व्यक्तिले प्रत्येक पालिकामा अधिकतम सङ्ख्यामा विपद् स्वयं सेवक टिम निर्माण गरी तयारी अवस्थामा राख्ने, सबै प्रदेश, जिल्ला र पालिका स्तरमा समेत सम्बन्धित तहको पार्टी मातहत रहने गरी विपद् व्यवस्थापन विभाग निर्माण गर्ने र प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्ने जिम्मेवारी दिइएको छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App