३१ चैत्र २०८१ आइतबार
image/svg+xml १:९ पूर्वाह्न
कला/संस्कृति

‘खाइराइड’ का समीक्षक विद्यार्थीहरू पुरस्कृत

निबन्धकार राजेन्द्र कार्कीकाे हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड’ का समीक्षक विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएकाे छ।

भोजपुर नगरपालिका- ३, दावाँमा अवस्थित सिद्धेश्वर माध्यमिक विद्यालयको कक्षा ११ मा अतिरिक्त पाठ्यक्रमअन्तर्गत समावेश गरी गत मंसिर महिनादेखि खाइराइडक‍ो पठनपाठन सुरु गरिएको थियो। उक्त सङ्ग्रहको अध्ययनपश्चात शिक्षकको निर्देशनमा रही विद्यार्थीहरूलाई समीक्षा लेखनमा पनि सरिक गराइएको थियो।

समीक्षा लेखनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कृष्ण- लक्ष्मी, लक्ष्मी स्मृति प्रतिष्ठानद्वारा विद्यालयका विद्यार्थी एवं शिक्षक- कर्मचारीलाई ट्याकसुट वितरणको अवसर पारी नेपाल सरकारका पूर्व परराष्ट्र सचिव एवं संयुक्त राष्ट्रसङ्घका पूर्व स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, जिल्ला समन्वय समिति, भोजपुरका प्रमुख कमल थुलुङ राई, विव्यसका अध्यक्ष ज्ञानबहादुर बस्नेत र दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठद्वारा नगद पुरस्कार प्रदान गरिएको थियो।

यस्तो कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमताको विकास हुनुका साथै अरूका कृतिमाथि आफ्नो दृष्टिकोण राख्ने क्षमताको पनि विकास हुने कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पूर्व सचिव दुर्गाप्रसाद भट्टराईले बताए। उक्त कृति फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएकाे हाे।   

प्रकाशित: २२ चैत्र २०८१ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App