१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आज विश्व रक्तदाता दिवसः रक्तसञ्चार सेवालाई व्यवस्थित बनाउन माग

क्याप्शन

विविध कार्यक्रमको आायेजना गरी आज विश्व रक्तदाता दिवस मनाइको छ। हरेक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ। सोही अनुसार आज ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मुल नारासहित विश्व रक्तदाता दिवस मनाइएको हो। सो अवसरमा नेपाल रेडक्रस सोसाइटीले पनि काठमाडौं रक्तदँनका कार्यक्रम आयोजना गरेर विश्व रक्तदाता दिवस मनाएको छ। 

कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले देशको करिव ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरुमार्फत सेवा प्रदान गरिरहेको बताए। उनले कानूनी, संवैधानिक, स्वास्थ्यका मौलिक विषय र अधिकारहरु राज्यको तर्फबाट सुनिश्चित गरिएअनुसार त्यसमा रेडक्रसले पनि सहयोग गरिरहेको सुनाए।

उनले भने, ‘नेपाल रेडक्रस सोसाइटीले देशको करिव ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरुमार्फत हामी हाम्रा सेवा बिस्तार गरिरहेका छौँ। अहिले खासगरी राज्यको पुनः संरचना भइसकेपछि मानव जीवन जस्तो कुरा कति कुरा यसको कानूनी हिसावले, संवैधानिक हिसावले मान्छेको स्वास्थ्यका मौलिक विषय र अधिकारहरु राज्यको तर्फबाट त्यसको सुनिश्चित गरिएको छ। सबै तहको सरकार, खासगरी स्थानीय सरकार, प्रदेश सरकारले पनि रक्तसञ्चार सेवालाई थप व्यवस्थित गर्न आवश्यक छ। समयानुकुल नीतिगत व्यवस्था र प्रणाली आत्मसाथ गर्दै समायानुकुल विश्वव्यापी नयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ।’

उनले नेपाल रेडक्रस सोसाइटीले प्रदर्शनीमार्गस्थित रक्तसञ्चार सेवाहरु प्रदान गरिरहेको बताए।  स्थानीय, प्रदेश र केन्द्र सरकारले विश्व रक्तसञ्चार नीति आवश्यक परिमार्जन र व्यवस्थित गर्न आग्रह गरे। 

प्रकाशित: ३२ जेष्ठ २०८१ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App