५ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय

काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले नागरिक न्युजलाई जानकारी थिए।

अदालतको निर्णयअनुसार जरिवानाको रूपमा तोकिएको ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ। गिरीलाई यसअघि जेठ १३ गते दोषी ठहर गरिएको थियो।

सर्वोच्च अदालतको आदेशले उनी यसअघि नै थुनामा रहेका थिए।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो।

प्रकाशित: २९ जेष्ठ २०८१ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App