११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

भारत सरकारद्वारा नवलपरासी पूर्वमा सुविधासम्पन्न विद्यालय भवन निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवनको आज उद्घाटन भएको छ । 

उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।  

भरत सरकारले विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालयसहितको विद्यालय भवन निर्माण गरिदिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) मार्फत गरिएको थियो ।  

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । जसअन्तर्गत ४९० वटा परियोजना सम्पन्न भएका छन् । 

प्रकाशित: २५ जेष्ठ २०८१ १८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App