१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नापी कार्यालयका सर्वेक्षक गुप्ता ३५ हजार घुस सहित अख्तियारको नियन्त्रणमा

कपिलवस्तुको शिवराजनगर नगरपालिकाको चन्द्रौटा स्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता शुक्रवार दिउसो २ बजेतिर ३५ हजार घुस सहित रंगेंहात पक्राउ परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले गुप्तालाई पक्राउ गरेको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ । गुप्तालाई नापी कार्यालयको नजिकै रहेको चिया पसलबाट नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका गुप्ता घुस नलिई कामै नगर्ने प्रवृत्तिका रहेको सेवाग्राहीले बताए । पक्राउ परेका गुप्ताको गोजीमा थप ५० हजार समेत रहेको थियो । 

प्रकाशित: २५ जेष्ठ २०८१ १७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App