१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने सरकारको आकलन

सरकारले यो वर्षको मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आंकलन प्रस्तुत गरेका हुन्।

त्यस्तै १८ हजार घरपरिवारलाई मनसुनजन्य विपत्तिबाट उद्धार र राहत दिनुपर्ने आंकलन रहेको लामिछानेले बताए।

उनले भने, ‘मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्येक्ष प्रभावित हुनसक्ने। १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आँकलन छ। कार्यकारी समितिको बैठकबाट मनसुन शुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द व्यवस्थापन महाशाखाका सहसचिवका नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय भएको छ। जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्नेछन् । कमाण्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिइ, जोखिमको आँकलन गरी, प्रभावका आधारमा पूर्वतयारी र विपद्का घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउनका लागि वानस्टप सेन्टरको रुपमा संयोजनकारी भुमिका खेल्नेछ। यसै पोष्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैरसरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा समेत समन्वय गर्नेछ। अन्य ठाउँमा समन्वय गर्नुपर्ने भए यसले आफैँले समन्वय गर्नेछ। यसलाई तत्काल कार्यान्वयनमा ल्याइएको छ। समन्वयको अभावले सामानहरु नजाने, पैसाको निकासी नहुने जस्ता कुराहरुबाट विगतमा भएका अनुभवहरुबाट सिकेर कमाण्ड पोष्टलाई पूर्ण अधिकार प्रदान गरिएको छ । कमाण्ड पोष्टले आवश्यक पर्दा प्रत्येक्ष रुपमा गृहमन्त्री, गृहसचिव र प्रधानमन्त्रीसँग समेत समन्वय गर्न सक्नेगरी अधिकारसम्पन्न बनाइएको कुरा जानकारी गराउन चाहान्छु। आजबाट सुरु हुने गरी २४ घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा यस्ता सुचनाहरु लिन, दिनका लागि तैनाथ राखिएको छ। र टोलि आजदेखि नै काम गरिरहेको सदनलाई जानकारी गराउन चाहन्छु।’

प्रकाशित: २३ जेष्ठ २०८१ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App