९ असार २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटमा भेटियो पुरुषको शव: हत्या गरिएको आशंका

रौतहटमा एक पुरुषको शव भेटिएको छ।रौतहटको राजपुर नगरपालिका १ मा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा शव भेटिएकोले हत्या भएको आशंका गरिएको छ।

राजपुर नगरपालिका १ पिपरा भगवानपुर देखि पूर्वतर्फ शेख इद्रिस गेट छेउ हुलाकी सडक खण्ड नजिकै एउटा खेतमा करिब ४५ वर्षीय पुरुषको शव भेटिएको हो । हत्या भएको पुरुष भारतीय भएको अनुमान गरिएको छ।

स्थानीय बासिन्दाहरूले पुरुषको शव देखेपछि जिल्ला प्रहरी कार्यालय रौतहटलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुरुषलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

मृतकको गोजीबाट भारत बिहार मोतीहारी जिल्लाको कागजपत्र प्राप्त भएको छ।हत्या गरिएका पुरुषको शवको छेउमै सिजे ०१–२५६८ नम्बरको भारतीय मोटरसाइकल बरामद भएको छ । मोटरसाइकल तथा कागजपत्रको आधारमा हत्या गरिएको पुरुष भारतको भएको अनुमान गरिएको छ ।

शव भेटिएका पुरुषको हत्या शव रहेकै ठाउँमा गरिएको हो वा अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर फालेको हो भन्ने अझै खुल्न नसकेको र घटनाको बारेमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी गराएकी छन्।मृतक पुरुषको शव प्रादेशिक अस्पताल गौरमा राखेर सीमा पारी काउन्टर पार्टसका सुरक्षा अधिकारीलाई खबर गरिएको डिएसपी गिरीले बताएकी छन्। 

प्रकाशित: २२ जेष्ठ २०८१ १९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App