१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

नग्न अभियन्ताको खोजी

यस्ताे पनि!

अमेरिकाको सान फ्रान्सिस्को राज्यस्थित बे एरियाले आफ्नो क्षेत्रलाई नग्नतारहित क्षेत्र घोषित गरेको पाँच वर्ष पूरा भएको छ। बे एरियाले सो घोषणा गरेपछि जर्ज डेभिसले नाङ्गै विरोध गर्न थालेको पनि एघार वर्ष पूरा भएको छ। त्यसो त नाङ्गै उभिन प्रतिबन्ध छ, त्यसैले उनले झिनो लुगा लगाएर त्यसको विरोध गरिरहेका छन्। उनी आफूलाई ‘बडी फ्रिडम’ अभियन्ता भएको बताउँछन्।

सन् २०१३ मा बे एरिया सिटीले नयाँ नियम ल्याउँदै आफ्नो निजी घर, निजी समुद्री किनार र फल्सोम गल्ली महोत्सवजस्ता कार्यक्रममा मात्र नग्न हुन पाइने नियम ल्याएको थियो। यदि कसैले जहाँ पायो त्यहीँ नग्नता प्रदर्शन गरे पहिलो पटक सय डलर र दोस्रो पटकदेखि दुई सय डलर र १२ महिना जेल सजाय तोकेको छ।

 यस्तो नियमले अमेरिकाको संविधानले दिएको स्वतन्त्रता हनन भएको भन्दै डेभिसले सन् २०१७ मा मुद्दा हालेका थिए तर उनले सो मुद्दा हारे। त्यसयता उनी आफ्नो नग्न शरीरलाई कलाकृतिका रूपमा र राजनीतिक अभिव्यक्तिका रूपमा हेरिनुपर्ने भन्दै अभियान चलाउन थालेका छन्। उनको विरोध भनेको मूलतः सो नियम महिला केन्द्रित बनाइएकोमा असन्तुष्टि हो। अझै पनि महिलाहरूले खुल्ला छाति देखाउन पाउँदैनन् भन्ने उनको गुनासो छ।

अन्तर्राष्ट्रिय नग्नता दिवसका दिन भेला भएका नग्नप्रेमीहरूलाई प्रहरीले दुःख दिने गरेकोमा उनको चित्त दुखाई छ। उनी भन्छन्, ‘पुरुषहरू सर्ट उतारेर ना·ै हिँड्न सक्छन्, महिलाले त्यसो गरे उनीहरूमाथि कानुन लाग्छ। यो त उनीहरूमाथि अन्याय नै भयो।’

यतिबेला ८० वर्षे डेभिस पुनः चर्चामा आएका छन्। उनले हालै इन्टरनेटमा एउटा विज्ञापन हालेका छन्। उनले आफ्नो नग्नता अभियानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले नग्न भएर प्रतिबन्धित पुस्तकहरू बेच्ने घोषणा गरेका छन्। यसका लागि उनले महिलाहरूलाई आफ्नो अभियानमा संलग्न हुन विशेष आग्रह गरेका छन्।

‘मैले धेरै वर्षदेखि नग्न रहेर नग्नताको पक्षमा वकालत गरेँ तर धेरैले मेरा कुरालाई गम्भीर भएर लिएनन्,’ डेभिस भन्छन्, ‘कुनै स्त्री नग्न रूपमा उभिएर प्रतिबन्धित पुस्तक बेच्न बसी भने उसको कुरा सुन्न, उसले बेच्न राखेका पुस्तक किन्न सर्वसाधारण पक्कै इच्छुक हुनेछन्।’

विज्ञापनमा उनले न्युयोर्क क्षेत्रमा २० स्क्वायर फुट क्षेत्रको घर भाडामा खोजिरहेका छन्। त्यहाँ प्रतिबन्धित पुस्तक बेचिनेछ। साथै, त्यहाँ पुस्तक बेच्न नियुक्त भएकाहरू पनि नग्न रूपमा पुस्तक बेच्ने छन् भने पुस्तककबारे नग्न रूपमा नै जानकारी दिनेछन्।

अहिलेसम्म आफ्नो योजना कार्यान्वयन गर्न कसैले पनि दरखास्त नदिएको उनले बताएका छन्। उनले लस एन्जलस टाइम्ससँग भनेका छन्, ‘यस्तो काममा अघि बढ्नु पक्कै पनि क्रान्तिकारी कदम हो। त्यसका लागि समय लाग्छ। तर मेरो विचारसँग मिल्दो कोही न कोही, कहीँ न कहीँ त पक्कै पनि होलान्।’

प्रकाशित: २२ जेष्ठ २०८१ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App