१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन्। बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो।  

गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी प्रभाणित गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका थिए।

सन्दीपमाथि लागेको बलात्कार मुद्दामा के-के भएको थियो ?

१. २१ भदौ, २०७९ :  पीडित भनिएकी एक किशोरीद्वारा काठमाडौंको गौशाला प्रहरी कार्यालयमा उजुरी

२. २३ भदौ, २०७९ : नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन

३. २० असोज, २०७९ : विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ

४. १४ कात्तिक, २०७९ :  काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

५. २८ पौष, २०७९ :  पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा

६. १८ माघ, २०७९ :  अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा

७. १६ फागुन, २०७९ :  सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति

८.७ जेठ, २०८० : वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश

९. ११ असार, २०८० : गौशाला २६ (पीडित भनिएकी किशोरी) लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश

१०. १३ पौष, २०८० : काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर

११. २५ पौष, २०८० :  काठमाडौं जिल्ला अदालतद्वारा आठ वर्ष जेल सजाय तथा जरिवाना

१२. १० फागुन, २०८० : उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

१३. २ जेठ २०८१ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ

प्रकाशित: २ जेष्ठ २०८१ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App