१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

काठमाडौं महानगरलाई नयाँ भनेर ४ पुराना सवारी बिक्री

सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ।

महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पुराना सवारीसाधन बिक्री गरेको जानकारी गराएको हो।

नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए।

उनले महानगरले खरिद गरेका ६ वटा टिप्परकै ब्लुबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिप्परको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए।

उनले भने, ‘काठमाडौं महानगरपालिकाले ढुवानीका लागि टिप्पर खरिद गरेका थियौँ। बोलपत्र कागजात अनुसार आपूर्ति गरिएको ६ थान सवारी साधनको बोलपत्रमा उल्लेख भएको प्रविधिक विशिष्टताहरुको तुलना गर्दा माग भएअनुसारको प्राविधिक विशेषताहरु सहितको सवारी साधन आपूर्ति नभएको पायौँ। हामीले केही वर्ष यता खरिद गरेका ६ वटा गाडी मध्ये ४ वटा गाडी गत वर्षको पायाैं, २ वटा गाडी सोही वर्षको पायौँ। सबै गाडीको ब्लुबुकमा म्यानुफ्याक्चर्स इयर २०२२ देखिन्छ। जुन २०२१ मा बनेको गाडीको पनि ब्लुबुकमा २२ मा रहेको पाइयो। नेपालमा आयात भएर बिक्री नभइ लामो समयसम्म गोदाममा थन्किएका सवारी साधन खरिद नगर्ने उद्देश्यका साथ बोलपत्रमा म्यानुफ्याक्चर्स इयर समावेश गरिएको हुन्छ।’

प्रकाशित: ३१ वैशाख २०८१ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App