३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा-१३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले जानकारी दिए।

कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए।

डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पुर्‍याइएको जनाइएको छ। सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ माघ २०८२ १९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App