१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

‘अभियुक्तले देश चलाउन मिल्दैन, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्।

सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने उनको तर्क थियो।

काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित ४ बुँदै माग राख्दै आमरण अनसनमा बसिरहेका उनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन नमिल्ने उल्लेख गरे।

उनले प्रधानमन्त्री दाहालले पदबाट तत्काल राजीनामा दिएर संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुपर्ने बताए।

‘अपराधीहरू प्रधानमन्त्री, मन्त्री बन्ने ? मैले भनी हाले नि–त्यस्तो हुन सक्दैन। उनले राजीनामा दिनुपर्छ। राजीनामा दिएर यो संक्रमणकालिन न्याय प्रक्रियालाई निष्पक्ष ढंगले टुंगोमा पुर्‍याउन उसले सहयोग पुर्‍याउनु पर्छ। हो, निर्दोष छन् भने प्रधानमन्त्री बन, मन्त्री बन, मलाई कुनै आपत्ति छैन। तर अभियुक्त भएर देश चलाउन सक्दैन, देश चलाउन पाउँदैन।’ उनले भने।

उनले द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरूले त्यसको विरोध नगरेकोमा आक्रोश पनि व्यक्त गरे।

वरिष्ठ चिकित्सक केसीले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा तत्काल संचालन गर्नुपर्नेलगायतका विगतमा मेडिकल क्षेत्रको सुधारका लागि आफूसँग सरकारले गरेको सबै सहमति कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन्।

प्रकाशित: ३० वैशाख २०८१ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App